सिगास गाउँपालिका–६ थलाकाँडाका वडा अध्यक्ष डम्बरसिंह धामीलाई ०७५ भदौ ९ गते कुटपिट गरेको आरोपमा प्रहरीले सोही ठाँउका गजेन्द्र बिकलाई भदौ १२ गते गिरफ्तार गरेको छ ।
घरबाट वडा कार्यालय जाँदै गर्दा बाटोमा आफूमाथि एक्कासी कुटपिट गरेको भन्दै वडा अध्यक्ष धामीले दिएको उजुरीका आधारमा उनलाई गिरफ्तार गरिएको इलाका प्रहरी कार्यालय, पाटनका इन्स्पेक्टर राजेन्द्रबहादुर सिंहले बताए ।
आरोपितले कुटपिट गर्नुका साथै आफूसँग रहेका रजिष्टार र कागजात समेत च्यातेको वडा अध्यक्ष धामीले बताए ।