क्षमताभन्दा ३ सय ९७ जना बढी कैदीबन्दीलाई व्यवस्थापन गर्न भरतपुर कारागारलाई सकस भएको छ ।
कारागारको क्षमता २ सय ५५ जनाको रहेको छ । अहिले कारागारमा ६ सय ५२ जना कैदीबन्दी छन् । जसमध्ये एकजना आश्रित बालक, ५९ जना महिला र अन्य पुरुष रहेका छन् ।
छिमेकी जिल्ला पूर्वी नवलपरासीमा अदालत र प्रशासन भएर पनि कारागार नहुँदा पूर्पक्ष र कैद भुक्तानका लागि कैदीबन्दी चितवनमा नै पठाउने गरिएकाले अत्याधिक चाप बढेको जेलर कमल काफ्लेले बताए । चापका कारण उनीहरूलाई सुत्न गाह्रो भएको छ ।
रोग लागेका कैदीहरूको उपचारमा सहज हुने भएकाले अन्य जिल्लाबाट समेत उपचारका लागि कैदीबन्दीलाई चितवन ल्याइने गरिएको छ ।
पूर्वी नवलपरासीबाट अहिलेसम्म ७५ जना बन्दी चितवन ल्याइएका छन् । चाप बढेका कारण केही समस्या भए पनि व्यवस्थापन गरिएको कारागार प्रमुख कमलप्रसाद काफ्लेले बताए ।