१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले भरतपुर उमनपा-७ का ३३ वर्षीय प्रकाश घिमिरेलाई असोज २ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले असोज १ गते यौन दुर्व्यवहार गरेको आरोपमा असोज २ गते प्रहरीमा उजुरी गरेपछि अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका एसपी वसन्त कुँवरले बताए ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण असोज २ गते भरतपुर अस्पतालमा गरिएको प्रहरीले जनाएको छ ।