INSEC Online

📅 २०८३ जेष्ठ २१

परस्त्रीसँग सम्बन्ध राखेको आरोपमा दुर्व्यवहार

एकडारा गाउँपालिका-१ का ३० वर्षीय दिलीप मण्डललाई अर्काको पत्नीसँग अनैतिक सम्बन्ध राखेको आरोपमा सोही ठाउँका युवाहरूले कात्तिक १२ गते घरबाट नियन्त्रणमा लिई सडकमा ल्याएर चारपाटा मुडेर मोसो दलेर जुत्ताको माला लगाएर गाउँ घुमाएका छन् ।

स्थानीय युवाहरूले परस्त्रीसँग सम्बन्ध राखेको आरोपमा ‘सामाजिक दण्ड’ दिएको बताए । कानुनी उपचार खोज्नुको साटो अमानवीय कार्य भएको मानव अधिकार रक्षक सञ्जाल महोत्तरीका सचिव रञ्जन भण्डारीले बताए ।

अन्य

भिडियो