INSEC Online

📅 २०८३ जेष्ठ २१

हजुरबालाई कुटपिट गरेको आरोपमा नाति गिरफ्तार

भोजपुर नगरपालिका-७ कोदारका ८७ वर्षीय बृद्ध झपटबहादुर खत्रीलाई कुटपिट गरेको आरोपमा ३५ वर्षीय नाति सुर्यविनायक खत्रीलाई कात्तिक १० गते प्रहरीले गिरफ्तार गरेको छ ।

पीडित बृद्धले १० गते दिएको उजुरीका आधारमा सोही दिन गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरका इन्स्पेक्टर चरित्रविक्रम कार्कीले बताए ।

नातिको कुटपिटबाट बृद्धको टाउकोमा गोहिरो चोट लागेको छ । उनको उपचार कात्तिक १० गते नै जिल्ला अस्पताल भोजपुरमा गरिएको छ ।

अन्य

भिडियो