खोटाङ बराहपोखरी गाउँपालिका-६ मौवाबोटेकी १८ वर्षीया लक्ष्मी परियारको हत्या गरी फरार रहेको आरोपमा २२ वर्षीय पति अनिल परियारलाई महानगरीय अपराध महाशाखाको टोलीले पोखरा महानगरपालिका ७ माछापुच्छ्रे टोलबाट गिरफ्तार गरेको छ ।
गत भदौ १२ गते काठमाडौँको बसुन्धराको स्पीड गेस्ट हाउसको कोठा नम्बर १०१ मा बस्ने परियारले पत्नी लक्ष्मीको हत्या गरेको प्रहरीको भनाइ छ ।
प्रहरीका अनुसार उनले पत्नीको हत्यामा आफ्नो संलग्नता पनि स्वीकार गरेका छन् । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका-७ घर भइ हाल बोहराटार बस्ने लक्ष्मीको शव भदौ १५ गते भेटिएको थियो । समाचार साभारः अनलाइन खबर