गङ्गादेव गाउँपालिका–५ की ३९ वर्षीया देविसरा सार्कीको हत्या गरेको आरोपमा प्रहरीले ४३ वर्षीय पति सुकलाल सार्कीलाई कात्तिक ८ गते गिरफ्तार गरेको छ ।
घरायसी विवादमा कात्तिक ७ गते देविसराको घाँटीमा खुकुरी प्रहार गरी आरोपितले हत्या गरेको प्रहरीले जनाएको छ ।
प्रारम्भिक अनुसन्धानबाट आरोपितको मानसिक सन्तुलन ठिक नभएको पाइएको जिल्ला प्रहरी कार्यालयका डिएसपी दिपक खड्काले बताए ।
पोष्टमार्टमका लागि शव जिल्ला अस्पताल रेउघामा ल्याउँदै गरेको प्रहरीले जनाएको छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको समेत प्रहरीले जनायो ।