INSEC Online

📅 २०८३ जेष्ठ २२

कुटपिट घटनाका आरोपित गिरफ्तार

मुसीकोट नपा–८ की ३२ वर्षीया रिता रोका मगरलाई कुटपिट गरेको आरोपमा प्रहरीले ३४ वर्षीय पति वीरबहादुर रोका मगरलाई कात्तिक ६ गते गिरफ्तार गरेको छ ।

पीडित महिलाकी आमाले कात्तिक ४ गते जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिममा दिएको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर प्रमोद क्षेत्रीले बताए ।

पीडितलाई आरोपितले टिम्मुरको लठ्ठीले कात्तिक ४ गते कुटपिट गर्दा टाउकोमा चोट लागेको पीडितकी आमाले बताइन् ।

पीडित महिलाको उपचार जिल्ला अस्पताल सल्लेमा हुन नसकेपछि थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको छ ।

प्रहरीसँगको सोधपुछमा आरोपित रोकाले पत्नी परपुरुषसँग लागेको शङ्काले कुटपिट गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ । कुटपिटबाट घाइते रोका खाना खान र बोल्न समेत नसक्ने अवस्थामा रहेको बताइएको छ ।

अन्य

भिडियो