चौतारा नपा–६ की ३१ वर्षीया पत्नी सरिता नेपाललाई कुटपिट गरेको आरोपमा ३६ वर्षीय पति सुरज नेपाललाई प्रहरीले भदौ ३१ गते गिरफ्तार गरेको छ ।
पीडित महिलालाई भदौ २९ गते काठको डण्डीले कुटपिट गरी घाइते बनाएको आरोपमा जिल्ला प्रहरी कार्यालयमा भदौ ३० गते उजुरी आएपछि अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर केदार बस्नेतले जानकारी दिए ।
कुटपिटबाट पीडित भएकी महिलाको शरिरको विभिन्न भागमा चोट लागेकोले चौतारा अस्पतालमा उपचार गरिएको पीडितकी बहिनी मुना सापकोटाले बताइन् ।