२७ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा स्थानीयले इनरुवा नगरपालिका–९ बबियाका ४२ वर्षीय दिपककुमार खत्वे शर्मालाई नियन्त्रणमा लिएर प्रहरीलाई जिम्मा लगाएका छन् ।
पीडित महिलालाई आरोपितले कात्तिक २ गते बलात्कार गरिरहेको अवस्थामा स्थानीयले फेला पारेपछि नियन्त्रणमा लिएर प्रहरीलाई जिम्मा लगाइएको हो ।
पीडित महिलाको स्वास्थ्य परीक्षण इनरुवा अस्पतालमा सोही दिन गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर कमल खत्रीले बताए ।