१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले चौरजहारी नगरपालिका–५ लहरेसिमलका २० वर्षीय समीर केसीलाई कात्तिक ३ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले असोज २९ गते यौन दुर्व्यवहार गरेको पीडित पक्षले आरोप लगाएको छ ।
उक्त घटनामा संलग्न अर्का आरोपित सोही ठाउँका १९ वर्षीय तिलक केसी भने फरार रहेको र उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका डिएसपी सुमित खड्काले बताए ।