१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले विदेह नगरपालिका–८ का ६५ वर्षीय जागेश्वर ठाकुरलाई असोज ३० गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई पैसाको प्रलोभनमा पारेर आरोपितले असोज २९ गते बलात्कार गरेको पीडित पक्षको आरोप छ ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण असोज ३० गते जनकपुर अञ्चल अस्पतालमा गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी दिपेन्द्र शाहीले बताए ।