INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपितविरूद्ध उजुरी

२० वर्षीया युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा शिवराज नपा–१० लालपुरका ५१ वर्षीय जयफउल्ला गद्दी र २१ वर्षीय रहेमान गद्दीविरूद्ध पीडित पक्षले असोज २८ गते वडा प्रहरी कार्यालय चन्द्रौटामा उजुरी दिएकोछ ।

पीडित युवतीलाई आरोपितद्वयले असोज २७ गते बलात्कार गरेको पीडितका आफन्तले जानकारी दिएका छन् ।

पीडित युवतीको स्वास्थ्य परीक्षण असोज २८ गते शिवराज अस्पताल बहादुरगञ्जमा गरिएको इन्स्पेक्टर ज्ञानेन्द्रसिंह चौधरीले बताए । आरोपितद्वय फरार रहेको र खोजी कार्य भइरहेको चौधरीले बताए ।

अन्य

भिडियो