INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा कार्यरत एक प्रहरी जवानले आफ्नै सहकर्मी महिला प्रहरीलाई बलात्कारको प्रयास गरेको आरोपमा बाँसगढी नगरपालिका–५ बर्दियाका २१ वर्षीय भरत वलीलाई गिरफ्तार गरिएको छ ।

गत असोज २० गते राति करीब १० बजेको समयमा आफ्नै डेरा अगाडिबाट जबरजस्ती आफूलाई हात तानेर कोठामा लैजान खोज्दा आफूले प्रतिकार गरेर बचेको पीडित महिलाले बताएकी छन् ।

पीडित महिलाले प्रतिकार गरेपछि आरोपित भागेको पीडितले बताइन् । उक्त घटनालाई भने प्रहरीले हालसम्म गोप्य राखेको छ ।

बलात्कार प्रयास गरेको आरोपमा प्रहरी जवान वलीलाई असोज २२ गते जिल्ला अदालतले जबरजस्ती करणी उद्योग मुद्दा अन्र्तगत अनुसन्धान गर्नका लागि सात दिन थुनामा राखी अनुसन्धान गर्न आदेश गरेको छ ।

पीडित पक्षले आरोपितविरूद्ध असोज २२ गते उजुरी दिएपछि मुद्दा प्रक्रिया अघि बढेको छ । वलीलाई निलम्बन गरी उनीविरूद्ध दर्ता भएको मुद्दाको अनुसन्धान भइरहेको डिएसपी रवि रावलले बताएका  छन् ।

अन्य

भिडियो