INSEC Online

📅 २०८३ जेष्ठ २१

प्रहरीको लापरवाहीका कारण मृत्यु भएको आरोप, पीडित परिवारद्वारा आयोगमा ज्ञापन पत्र

बर्दिया जिल्ला प्रहरी कार्यालयमा हिरासतमा रहेको अवस्थामा प्रहरीको लापरवाहीका कारण जानकी गाँउपालिका–६ का ३० वर्षीय राममनोहर यादवको मृत्यु भएको आरोपमा उनको परिवारले असोज २६ गते न्यायका लागि राष्ट्रिय मानव अधिकार आयोग नेपालगञ्जमा ज्ञापन पत्र बुझाएको छ ।

ज्ञापन पत्रको बोधार्थ इन्सेक नेपालगञ्जलाई समेत दिइएको छ । मृतकका भाइ विष्णुप्रसाद यादवलले इन्सेक प्रदेश ५ कार्यालयका संयोजक भोला महतलाई ज्ञापन पत्र को बोधार्थ बुझाएका थिए ।

जिल्ला सामन्वय समिति बर्दियाको सभा हलमा नेपाल सरकारको स्वास्थ्य तथा जनसङख्या मन्त्री उपेन्द्र यादव प्रमुख अतिथि रहेको कार्यक्रम स्थलबाट यादवलाई भदौ ७ गते  गिरफ्तार गरी हिरासतमा राखिएको थियो ।

हिरासतमा बिरामी भएका यादवको उपचारको क्रममा भदौ १५ गते काठमाडौँमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

ज्ञापन पत्रमा प्रहरीले राम मनोहरको हत्या गरेको उल्लेख गरिएको छ । मृतकका भाइ विष्णुद्वारा हस्ताक्षरित ज्ञापन पत्रमा पीडित परिवारलाई धम्की दिएको र प्रमुख जिल्ला अधिकारीले आफूलाई  सादा कागजमा हस्ताक्षर गर्न बाध्य बनाएको उल्लेख गरिएको छ ।

मृत्यु भएको ४१ दिन भइ सक्दा पनि परिवारले शव नपाएकाले अन्तिम संस्कार गर्न पाउने अधिकारबाट वञ्चित भएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

ज्ञापन पत्र बुझ्दै संयोजक महतले घटनाका बारेमा राष्ट्रिय मानव अधिकार आयोग र प्रमुख जिल्ला अधिकारीसँग छलफल गर्ने बताए ।

राष्ट्रय मानव अधिकार आयोगका निमित्त प्रमुख टङ्क खनालले पीडित पक्षको ज्ञापन पत्र आएको र घटनाका बारेमा अनुसन्धान गर्ने बताए ।

पीडितपक्ष र जिल्ला प्रशासन कार्यालय बाँकेमा असोज २१ गते छलफल भई सम्झौता भए पनि उक्त सम्झौताप्रति चित्त नबुझेको मृतकका भाइ विष्णुप्रसाद यादवले बताए ।

1

Photo20181013banke (3)

1

अन्य

भिडियो