INSEC Online

📅 २०८३ जेष्ठ २२

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

चार वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले पोखरा मनपा–ं२५ याम्दीका २२ वर्षीय सुजन श्रेष्ठलाई असोज २५ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले असोज २३ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले असोज २४ गते जिल्ला प्रहरी कार्यलयमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालय, कास्कीका डिएसपी रविन्द्रमान गुरुङले जानकारी दिए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण असोज २४ गते पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको प्रहरीले जनायो ।

अन्य

भिडियो