आठ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बडहरामाल गाविस-६ का १८ वर्षीय सुरेश मुखियालाई इलाका प्रहरी कार्यालय मिर्चैयाले साउन ४ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई साउन ३ गते बलात्कार गरेको आरोपमा पीडित परिवारले इलाका प्रहरी कार्यालय मिर्चैयामा साउन ४ गते उजुरी दिएपछि अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार गरिएको इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी श्याम चौधरीले बताएका छन् ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सिरहामा साउन ४ गते भएको छ ।