६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ऐरावती गाँउपालिका–४ का १९ वर्षीय मिनबहादुर रोका मगरलाई असोज २३ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले असोज २३ गते बलात्कार गरेको भन्दै पीडितपक्षले असोज २३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालय प्यूठानका इन्स्पेक्टर गिताप्रसाद चौधरीले बताए ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल बिजुवारमा असोज २३ गते गरिएको प्रहरीले जनायो ।