INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सिरहा जिल्ला नवराजपुर गाउँपालिका–६ स्थायी घरभई हाल चौतारा साँगाचोकगढी नपा–१० स्थित सुकुटे मावि, सुकुटेका शिक्षक २७ वर्षीय भोगेन्द्रप्रसाद यादवलाई असोज १८ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले असोज १८ गते ट्युशन पढाइदिने भन्दै पीडितलाई बलात्कार गरेको आरोपमा पीडित पक्षले असोज १९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको छ । पीडित बालिकाको स्वास्थ्य परीक्षण असोज १९ गते चौतारा अस्पतालमा गरिएको छ ।

अन्य

भिडियो