INSEC Online

📅 २०८३ जेष्ठ २१

घरेलु हिंसा गरेको कसुरमा अदालतद्वारा मासिक ३ हजार रुपियाँ उपलब्ध गराउने गरी फैसला

बुढीगङ्गा गाँउपालिका–३ की २१ वर्षीया शोमा शर्मालाई कुटपिट गरेको कसुरमा ५२ वर्षीया सासू मालती ठाकुरलाई जिल्ला अदालतले असोज १८ गते ३ हजार रुपियाँ जरिवानाको फैसला गरेको छ ।

न्यायाधीश महेन्द्रप्रसाद पोख्रेलको इजलासले पीडितलाई सासूबाट मासिक ३ हजार रुपियाँ अंशवण्डा नहुनञ्जेलसम्म उपलब्ध गराउने गरी फैसला भएको अदालतका नायब सुब्बा सुबोध आचार्यले बताए ।

पीडितलाई सासूले घर निकाला तथा घरेलु हिंसा गरेको आरोपमा साउन १० गते जिल्ला अदालतमा मुद्दा दर्ता गराएकी थिइन् ।

पीडितले घरका अन्य सदस्यकाविरूद्ध मुद्दा दर्ता गराएपनि उनीहरूको हकमा कारवाही गर्नु पर्ने अवस्था नरहेको सुब्बा आचार्यले बताए । पीडित घरबाट निकालिएपछि माइतीघरमा बस्दै आएकी छिन् ।

अन्य

भिडियो