२२ वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको कसुरमा दोषी ठहर गर्दै जिल्ला अदालतले चैनपुर नगरपालिका-३ का ३८ वर्षीय गणेश खत्रीलाई २ वर्ष ६ महिना कैदको फैसला गरेको छ ।
न्यायाधीश प्रकाश राउतको इजलासले असोज १८ गते खत्रीलाई दोषी ठहर गर्दै २ वर्ष ६ महिना कैद सजाय गराउने फैसला सुनाएको हो ।
पीडित युवतीलाई खत्रीले ०७५ साउन ४ गते बलात्कार प्रयास गरेको भन्दै पीडित पक्षले सोही दिन इलाका प्रहरी कार्यालय चैनपुरमा उजुरी दिएको थियो ।
पीडित युवतीको स्वास्थ्य परीक्षण साउन ४ गते प्राथमिक स्वास्थ्य केन्द्र चैनपुरमा गरिएको थियो । खत्रीलाई प्रहरीले साउन ५ गते गिरफ्तार गरेको थियो ।