INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार गरेको कसुरमा १० वर्ष कैदको सजाय

१६ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको कसुरमा पर्वतको कुश्मा नगरपालिका–१ पाङ सहस्रधाराका २३ वर्षीय शिशिर क्षेत्रीलाई जिल्ला अदालतले १० वर्ष कैद सजायको फैसला सुनाएको छ ।

न्यायाधीश सुर्यबहादुर थापाको इजलासले क्षेत्रीलाई असोज १७ गतेको फैसलाले १० वर्ष कैद सजाय सुनाएको हो ।

पीडित बालिकालाई क्षेत्री, १७ वर्षीय दुई जना बालक र न्यू सेवा गेष्ट हाउसका सञ्चालक ३८ वर्षीय शेरबहादुर हमालले ०७४ चैत १५ गते बलात्कार गरेको आरोपमा सोही दिन चारै जना आरोपितलाई प्रहरीले गिरफ्तार गरेको थियो ।

क्षेत्रीलाई मुलुकी ऐन अन्तर्गत कसुर ठहर गरी पाँच वर्ष र साङ्गठनिक अपराधमा संलग्न रहेको ठहर गरी पाँच वर्ष गरी १० वर्ष कैद सजाय सुनाइएको हो ।

उमेर नपुगेका दुई जना बालकमध्ये एक जनालाई पाँच वर्ष र एक जनालाई डेढ वर्ष सुधारगृहमा राख्ने गरी फैसला गरिएको छ । अदालतले होटल सञ्चालक हमाललाई भने सफाई दिएको छ ।

अन्य

भिडियो