INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले इलाम अस्पतालको आँखा उपचार केन्द्रमा कार्यरत नेत्र सहायक २७ वर्षीय दीपक सुवेदीलाई असोज १७ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले असोज १३ गते बलात्कार गरेको भन्दै पीडितका अआफन्तले असोज १६ गते जिल्ला प्रहरी कार्यालय इलाममा उजुरी दिएका थिए ।

नवलपरासी जिल्ला गैडाकोट–१२ घर भएका आरोपित एक वर्षदेखि इलाम अस्पतालमा कार्यरत रहेको प्रहरीले जनाएको छ । पीडित बालिकाको स्वास्थ्य परीक्षण असोज १६ गते जिल्ला अस्पतालमा गरिएको छ ।

अन्य

भिडियो