२६ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले १९ वर्षीय नातेदारलाई असोज १५ गते गिरफ्तार गरेको छ ।
पीडित महिलालाई आरोपितले असोज १३ गते बलात्कार गरेको आरोपमा पीडितले १४ गते प्रहरीमा उजुरी दिएपछि आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका सई विष्णु खड्काले बताए ।
घटनामा संलग्नहरू हाडनाताभित्र पर्ने भएकाले दुवैको विवरण गोप्य राखिएको र आरोपितविरूद्ध जबरजस्ती करणीसम्बन्धी मुद्दा दायर गरिने सई खड्काले बताए । पीडित महिलाको स्वास्थ्य परीक्षण १४ गते जिल्ला अस्पतालमा गरिएको छ ।