१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बिष्णुपुर गाउँपालिका–३ का २२ वर्षीय दिपा भनिने दिपेन्द्रकुमार यादवलाई असोज १४ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले असोज १३ गते बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय सिरहामा असोज १४ गते पीडित पक्षले उजुरी दिएको थियो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सिरहामा असोज १४ गते नै गरिएको छ । घटनाको जानकारी हुनासाथ आरोपितलाई गिरफ्तार गरी घटनाको अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका इन्स्पेक्टर उमाशङ्कर पञ्जियारले बताए ।