INSEC Online

📅 २०८३ जेष्ठ २१

पत्नीको हत्या गरेको कसुरमा १० वर्ष कैदको फैसला

साल्पासिलिछो गाउँपालिका–३ चौकीडाँडाको गोठे बजारकी ४० वर्षीया मेनुका राईलाई कुटपिट गरी हत्या गरेको ठहरमा ४५ वर्षीय पति हर्कबहादुर राईलाई जिल्ला अदालतले असोज १५ गते १० वर्ष कैद फैसला सुनाएको छ ।

न्यायाधीश हरिश्चन्द्र इङ्गनामको इजालसले मुलुकी ऐन ज्यानसम्बन्धी महलको १४ नम्बर बमोजिम १० वर्ष कैद फैसला गरेको जिल्ला अदालत भोजपुरका डिठ्ठा खड्गबहादुर खत्रीले बताए ।

हर्कबहादुरले ०७५ जेठ १९ गते पत्नीलाई पेटमा लात्ती प्रहार गरेका थिए । लात्ती प्रहारबाट  घाइते भएकी पीडितको मृत्यु जेठ २० गते भएको थियो ।

हर्कबहादुरलाई प्रहरीले जेठ २० गते गिरफ्तार गरी असार ३ गते अदालतमा पेश गरेको थियो ।  मृतक राईको जेठ २२ गते सङ्खुवासभा जिल्ला अस्पतालमा पोष्टमार्टम गरिएको थियो ।

अन्य

भिडियो