४० वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले पालुङटार नपा–९ मिरकोट स्थित चालीसे डाडाँका २० वर्षीय दिनेश परियारलाई असोज १४ गते गिरफ्तार गरेको छ ।
पीडित महिलालाई आरोपितले असोज ११ गते बलात्कार प्रयास गरेको आरोपमा पीडितले असोज १३ गते जिल्ला प्रहरी कार्यालयमा मौखिक उजुरी दिएकी थिइन् ।
पीडितको उजुरीको आधारमा परियारलाई प्रहरीले गिरफ्तार गरी घटनाको बारेमा अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय, गोरखाका डिएसपी महेन्द्र नेपालले जानकारी दिए । पीडित महिलाको स्वास्थ्य परीक्षण असोज १४ गते जिल्ला अस्पतालमा गरिएको प्रहरीले जनाएको छ ।