INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित विरूद्ध उजुरी

२० वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा सितगङ्गा नगरपालिका–४ का ४१ वर्षीय मानबहादुर थापाविरूद्ध असोज १४ गते इलाका प्रहरी कार्यालय ठाडामा उजुरी दर्ता गरिएको छ ।

पीडित युवतीलाई आरोपितले जेठ २ गते बलात्कार गरेको र बलात्कारबाट गर्भसमेत रहेको भन्दै पीडित पक्षले असोज १३ गते उजुरी दिएको प्रहरीले जनाएको छ ।

पीडित युवतीको स्वास्थ परीक्षण असोज १४ गते जिल्ला अस्पतामा गरिएको र फरार रहेका आरोपितको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर गम्भीरजङ्ग थापाले बताए ।

अन्य

भिडियो