INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

सात वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले १६ वर्षीय बालकलाई असोज १३ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले पटकपटक यौन दुर्व्यवहार गरेको भन्दै बालिकाले अभिभावकसँग भनेपछि असोज १२ गते घटना थाहा भएको थियो ।

पीडित बालिकाकी आमाले असोज १३ गते जिल्ला प्रहरी कार्यालय चितवनमा उजुरी दिएकी छन् । पीडित बालिकाकौ स्वास्थ्य परीक्षणका लागि असोज १३ गते भरतपुर अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी प्रभुप्रसाद ढकालले बताए ।

अन्य

भिडियो