१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले पर्वतको कुश्मा नपा–२ खुर्कोटका २० वर्षीय विनोद नेपालीलाई असोज ९ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले भदौ २७ गते बलात्कार गरेको भन्दै पीडित बालिकाका अभिभावकले असोज ८ गते प्रहरीमा उजुरी दिएका थिए ।
पीडित पक्षको उजुरीको आधारमा आरोपित नेपालीलाई गिरफ्तार गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय पर्वतका इन्स्पेक्टर सुरज खत्रीले जानकारी दिए ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण असोज ८ गते नै जिल्ला स्वास्थ्य कार्यालय, पर्वतमा गरिएको प्रहरीले जनाएको छ ।