INSEC Online

📅 २०८३ जेष्ठ २१

कथित बोक्सीको आरोपमा कुटपिट गरेको घटनाका आरोपित गिरफ्तार

खाँडाचक्र नपा–५ की १८ वर्षीया सरिता दमाईलाई कथित बोक्सी भएको तथा सन्तान नजन्माएको आरोपमा कुटपिट गरेको आरोपमा पतिसहित परिवारका चार जनालाई असोज ४ गते प्रहरीले गिरफ्तार गरेको छ ।

दुई वर्षसम्म सन्तान नजन्माएको र ‘बोक्सी’ भई घरमा नोक्सान गरेको भन्दै कुटपिट गरेको आरोपमा प्रहरीले सरिताका २६ वर्षीय पति अली दमाई, ५८ वर्षीय ससुरा बिजे दमाई, २२ वर्षीय देवर ऐन दमाई र ३४ वर्षीय जेठाजु पे्रम दमाईलाई घरैबाट गिरफ्तार गरेको हो ।

घरपरिवारले आफूलाई सन्तान नजन्माएको र बोक्सीको आरोप लगाउँदै दैनिक कुटपिट गर्ने गरेको भन्दै पीडितले असोज ३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् ।

पीडितको उजुरीपछि आरोपितलाई गिरफ्तार गरी अनुसन्धान सुरू गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी विनोद शर्माले बताए ।

डिएसपी शर्माले गिरफ्तार गरिएका चारैजनाविरूद्ध सामाजिक भेदभाव तथा अन्य अपमानजनक कसुर र बोक्सीको आरोप अन्तर्गत मुद्दा दर्ता भएको जानकारी गराए । परिवारका सदस्यहरूको कुटपिटबाट छाति, घाँटी र पिठ्युमा चोट लागेकी घाइतेको उपचार जिल्ला अस्पताल कालिकोटमा गरिएको छ ।

अन्य

भिडियो