INSEC Online

📅 २०८३ जेष्ठ २१

प्रसूति केन्द्र नहुँदा गर्भवती महिलालाई सास्ती

कमलबजार नगरपालिका-३ बयालामा प्रसूति केन्द्र नहुँदा गर्भवती महिला घरमै सुत्केरी हुन बाध्य भएका छन् ।

स्वास्थ्य केन्द्रमा सुरक्षित रूपमा सुत्केरी सेवालिन सरकारले आव्हान गरेतापनि बयालामा प्रसूति केन्द्र स्थापना नहुँदा गर्भवती महिलाहरू घरमै सुत्केरी हुनुपर्ने वा धरै रकम खर्च गरेर अन्यत्र जानु पर्ने बाध्यता रहेको छ ।

बयालामा प्रसूति केन्द्र नहुँदा घर, बाटोमा गर्भवती महिलाले बच्चा जन्माउनु परेको स्थानीयको गुनासो रहेको छ ।

आफ्नो ठाउँमा प्रसूति केन्द्र नुहँदा ३० वर्षीया जमुना विष्टले पाँचौ सन्तान मङ्गलसेनस्थित जिल्ला अस्पतालमा आएर जन्माउनु परेको दुखेसो पोखिन् ।

कम्तिमा चार घण्टा हिँडेर छिमेकी गाउँका स्वास्थ्य चौकी, जिल्ला अस्पताल वा छिमेकी जिल्ला दैलेख जानु पर्ने बाध्यता रहेको स्वास्थ्य स्वयम्सेविका दुर्गा बिकको भनाई छ ।

नजिकै प्रसूति केन्द्र नहुँदा गर्भवतीलाई स्वास्थ्य संस्था लैजाँदै गर्दा बाटैमा सुत्केरी हुने गरेकोसमेत स्थानीयको भनाइ छ ।

बयालामा निर्माणाधिन रहेको स्वास्थ्य चौकीको भवन दुई वर्षभइसक्दा समेत निर्माण हुँन नसक्दा समस्या भएको बयालाका स्वास्थ्य चौकी इञ्चार्ज प्रेम विष्टले बताए ।

स्वास्थ्य संस्थामा सुत्केरी हुन नपाउँदा आमा र बच्चाको स्वास्थ्यमा असर पर्नुको साथै सुत्केरी प्रोत्साहन भत्ता समेत पाउनबाट वञ्चित भएका छन् ।

उक्त वडाका कार्यवाहक अध्यक्ष हर्कबहादुर भण्डारीले प्रसूति केन्द्रका लागि आफ्नो पहल भइरहेको बताए । अछाममा साविकका ७५ गाविसमध्ये ६५ वटामा मत्रै प्रसूति केन्द्र रहेका छन् ।

अन्य

भिडियो