INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार गरेको कसुरमा चार वर्ष कैद

१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा अग्नीसाइर कृष्णासबरन गाउँपालिका–३ का २५ वर्षीय श्यामसुन्दर खङ्ग खत्वेलाई जिल्ला अदालतले असोज १ गते चार वर्ष कैद सजायको फैसला गरेको छ ।

न्यायाधीश कृष्णप्रसाद पौडेलको इजलासले आरोपितलाई चार वर्ष कैद सजायको फैसला गरेको स्रेस्तेदार दिलकुमार बर्देवाले बताए । जिल्ला अदालतको आदेशमा आरोपित ०७४ साउन २८ गतेदेखि पुपक्र्षका लागि थुनामा थिए ।

ट्युववेलमा नुहाइरहेकी बालिकालाई आरोपितले ०७४ साउन २ गते साँझ नियन्त्रणमा लिई घिस्याउँदै कोठाभित्र लगेर यौन दुर्व्यवहार गरेको भन्दै पीडितका बुवाले जिल्ला प्रहरी कार्यालयमा सोही दिन उजुरी दिएका थिए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा ०७४ साउन ३ गते गरिएको थियो ।

प्रहरीले आरोपितलाई ०७४ साउन २ गते राति गिरफ्तार गरी साउन ३ गते उजुरी दर्ता गरेको थियो ।

अन्य

भिडियो