लमजुङ जिल्ला मध्यनेपाल नगरपालिका-४ की ३० वर्षीया सेती गुरुङ भन्ने उज्याली गुरुङलाई अस्पतालले डिस्चार्ज गरेपछि घर कसोगरि जाने भन्ने पिरलोले सताएको छ ।
भदौ १३ गते पीडितका पती सिताराम दासले खुर्पाले हिर्काएपछि दायाँ हात भाच्चिएर साथीको सहयोगमा पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा भदौ १३ गते भर्ना भएर हातको अप्रेशन गराएकी थिइन्।
गुरुङलाई अस्पतालले भदौ २९ गते डिस्चार्ज गरेपछि घर जानको लागि लाग्ने यातायात खर्च अभावले पिरोलेपछि सहयोगको याचना गर्दै भदौ ३० गते बा
लबालिका वार्डमा भेटिएकी उनले आफूसँग घर जाने गाडी भाडा समेत नभएकाले केही रकम सहयोग गर्न आग्रह गरेकी थिइन् ।
पीडित महिलालाई आरोपितले खुर्पाले हिर्काएर हात भाँचिदिएको र उपचार गर्न समेत नल्याएको हुँदा साथीको सहयोगमा अस्पतालसम्म आएर उपचार गराएको पीडितले बताइन् । अस्पतालले अरु सबै खर्च निशुल्क गरेको र अप्रेशन शुल्क २ हजार १ सय ४५ रुपियाँ बुझाएको पीडितले बताइन् ।