INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार गरेको ठहरमा ५ वर्ष ६ महिना कैदको फैसला

बोल्न नसक्ने १६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सप्तरी जिल्ला अदालतले १५ वर्षीय बालकलाई भदौ ३१ गते ५ वर्ष ६ महिना कैद सजायको फैसला गरेको छ ।

प्रहरी र जिल्ला सरकारी वकिल कार्यालयले आरोपितको उमेर १९ वर्ष भनी अभियोजन दर्ता गरेपनि आरोपितको उमेर १६ वर्ष ननाघेको चिकित्सकको प्रतिवेदनका आधारमा आधा कैद सजायको फैसला गरिएको न्यायाधीश हरिश्चन्द्र ढुङ्गानाले बताए ।

न्यायाधीश ढुङ्गानाका अनुसार पीडित नाबालिका भएकीले ६ वर्ष कैद र पीडित अपाङ्गता समेत भएकीले थप पाँच वर्ष गरी ११ वर्ष कैद सजाय हुने भएपनि आरोपितसमेत बालक भएकाले आधा कैद सजाय गरिएको हो ।

आरोपितले क्षतिपूर्ति दिन सक्ने अवस्था नभएकाले नेपाल सरकारबाट भराउने गरी पीडितलाई १५ हजार रुपियाँ क्षतिपूर्ति दिलाउने समेत फैसला भएको छ ।

साधारण तारेखमा रिहा भएका अर्का आरोपित १४ वर्षीय बालकलाई जिल्ला अदालतले २५ दिनको कैद सजाय तोकेको छ ।

पीडित बालिकालाई आरोपितहरूले ०७३ वैशाख १ गते बलात्कार गरेको भन्दै पीडितका अभिभावकले जिल्ला प्रहरी कार्यालयमा वैशाख २ गते उजुरी दिएका थिए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण राजविराजस्थित गनासिं सगरमाथा अञ्चल अस्पतालमा वैशाख २ गते गरिएको थियो । प्रहरीले आरोपितहरूलाई वैशाख २ गते गिरफ्तार गरी वैशाख ५ गते जबरजस्ती करणीको उजुरी दर्ता गरेको थियो ।

आरोपित १४ वर्षीय बालकका अभिभावकले गाविसबाट जन्मदर्ता ल्याएपछि उनलाई अभिभावकको जमानतमा वैशाख २१ गते रिहा गरिएको थियो ।

जिल्ला अदालतको आदेशमा १५ वर्षीय आरोपित बालक पुपक्र्षका लागि ०७३ वैशाख २९ गतेदेखि राजविराज कारागारमा थुनामा छन् भने १४ वर्षीय बालक साधारण तारेखमा रिहा भएका थिए ।

अन्य

भिडियो