INSEC Online

📅 २०८३ जेष्ठ २१

छोरा नजन्माएको आरोपमा कुटपिट गरी पत्नीलाई घरनिकाला गरेको घटनाका आरोपित गिरफ्तार

महावोइ गाउँपालिका–५ की २० वर्षीया रञ्जना आचार्य पोखरेललाई छोरा नजन्माएको आरोपमा कुटपिट गरी घर निकाला गरेको आरोपमा २५ वर्षीय पति प्रजापति पोखरेललाई प्रहरीले भदौ ३० गते गिरफ्तार गरेको छ । आरोपित पोखरेललाई प्रहरी चौकी पात्माघाटबाट खटिएका प्रहरीले घरबाटै गिरफ्तार गरेको हो ।

छोरा नजन्माएको भन्दै पटकपटक कुटपिट गर्दै आएको र पछिल्लो पटक भदौ २९ गते कुटेर घर निकाला गरेको भन्दै पीडितले भदौ २९ गते प्रहरी चौकी पात्मघाटमा उजुरी दिएकी थिइन् । पीडितको उजुरी आएपछि प्रहरीले गिरफ्तार गरी अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा राखेको जिल्ला  प्रहरी कार्यालय कालिकोटका डिएसपी विनोद शर्माले बताए ।

कुटपिटबाट छातिमा चोट लागेकी पोखरेलको जिल्ला अस्पताल कालिकोटमा उपचार भएको छ । आरोपितलाई भदौ ३० गते जिल्ला प्रहरी कार्यालय कालिकोटमा ल्याएर थप अनुसन्धान गरिरहेको प्रहरी प्रमुख डिएसपी शर्माले बताए ।

अन्य

भिडियो