INSEC Online

📅 २०८३ जेष्ठ २१

बेचबिखन प्रयास घटनाकी पीडितको उद्धार

कपिलवस्तुबाट भदौ २१ गतेदेखि हराएकी १६ वर्षीया बालिका भदौ २८ गते बिहान महेन्द्रनगरको सिमाक्षेत्रबाट बेचबिखनका लागि भारततर्फ लगिँदै गरेको अवस्थामा माइती नेपाल नेपालगञ्जको टोलीले सकुशल उद्धार गरेपछि उनी बेचिनबाट जोगिएको बताइएको छ ।

पीडित बालिकालाई माइती नेपाल नेपालगञ्जमा सुरक्षित अवस्थामा राखिएको छ । बिहान नेपालगञ्ज हुदै महेन्द्रनगरको सिमाक्षेत्रबाट भारततर्फ लैजान लागेको बेला माइती नेपालको टोलीले बालिकालाई उद्धार गरेको हो ।

घरबाट भदौ २१ गते विद्यालय हिँडेकी बालिका एकाएक सम्पर्कविहीन भएपछि घरपरिवार चिन्तित भएका थिए । उनीहरूले बालिका हराएको विषयमा इलाका प्रहरी कार्यालय पिपरामा जानकारी दिएका थिए ।

एक हप्ताअघि स्थानीय महिलाले बालिकालाई मोटरसाइकलमा बसालेर लगेको भन्ने अपुष्ट खबर आए पनि उनी कहाँ थिइन ? यतिका दिन के गरेर बसेकी थिइन् ? परिवारलाई कुनै अत्तोपत्तो थिएन । प्रहरीले दिएको प्रारम्भिक जानकारी अनुसार बालिकालाई सात दिनसम्म बुटवलको एक होटलमा बन्धक बनाएर राखिएको थियो ।

बालिकालाई मोटरसाइकलमा लैजाने महिलाको नाम खुलेको छैन । गिरफ्तारीमा परेकी एक जना महिलालाई नेपालगञ्ज प्रहरीले हिरासतमा राखी थप अनुसन्धान गरिरहेको जनाएको छ ।

अन्य

भिडियो