१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा १६ वर्षीय बालकलाई प्रहरीले भदौ ३० गते गिरफ्तार गरेको छ ।
अभिभावकको उक्साहटमा साउन ५ गते १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा आरोपितलाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर प्रेमबहादुर क्षेत्रीले जानकारी दिए ।
पीडित बालिकालाई आरोपितले बलात्कार गरेको आरोपमा पीडित पक्षले साउन ६ गते प्रहरीमा उजुरी दिएको थियो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण साउन ६ गते दैलेख जिल्ला अस्पतालमा गरिएको छ । आरोपित बालक त्यतिबेला फरार रहेकोले मुद्दा मुल्तवीमा राखी अनुसन्धान गरिरहेको थियो । घटना लगतै भारततर्फ भागेका आरोपित घरमा आएको सूचनाको आधारमा प्रहरीले घरमै पुगी गिरफ्तार गरेको हो ।