INSEC Online

📅 २०८३ जेष्ठ २१

न्यायका लागि प्रहरीले सुनुवाइ नगरेको हिंसा पीडित महिलाको गुनासो

डुङ्गेश्वर गाउँपालिका–४ अवलपराजुलकी २३ वर्षीया तुलसी सुनारलाई आफूमाथि २५ वर्षीय पति चक्रबहादुर सुनारले कुटपिट र अपहेलना गरेको भन्दै घरेलु हिंसाको मुद्दामा प्रहरीले सुनुवाइ नगरेको गुनासो गरेकी छन् ।

‘प्रहरीमा उजुरी दिएको तीन हप्ता भयो । प्रहरीले छलफल गराउन समेत सकेको छैन ।’–उनले भनिन्–‘गिरफ्तार गरेर मुद्दा चलाउला भन्ने आशा गरेकी थिएँ । प्रहरीले किन बेवास्ता गरेको ?’

भदौ २९ गते कार्यकक्षमै पुगेर जिल्ला प्रहरी कार्यालयका डिएसपी ठाकुरप्रसाद पोखरेलसँग गुनासो गरेको बताइन् । उनले थपिन्–‘त्यति टाढाबाट तीन पटक आइसकेँ किन बेवास्ता ?’

नयाँ मुलुकी सहिंतामा हत्या र बलात्कार जस्ता जघन्य घटनाका आरोपित गिरफ्तार नगर्दा भाग्न सक्ने अवस्थामा प्रहरी आफैँले जरूरी पूर्जी जारी गर्न सक्ने भए पनि अरू घटनामा गिरफ्तार गर्न अदालतमा अभियोगको जाहेरी लिएर मात्र पक्राउपूर्जी जारी गर्ने भएकोले पहिले जस्तो पक्रन नपाउने व्यवस्था छ ।

प्रहरीले गिरफ्तार गरेर ल्याएपछि हुने छलफल वा मुद्दा प्रक्रिया अगाडि बढाउँदा कतिपय वास्तविक पीडितलाई न्याय पाउन सजिलो भएको महिला अधिकारकर्मी डिलकुमारी चन्दले बताइन् । अहिले महिला हिंसाका पीडितले पीडा गुम्स्याएर बस्नु परेको उनको भनाइ छ ।

अन्य

भिडियो