२४ वर्षीया अपाङ्गता भएकी युवतीलाई बलात्कार गरेको आरोपमा उनका आफन्तले भदौ २९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् ।
पीडित युवतीलाई भदौ २६ गते सिरानचोक गाउँपालिका–८ ब्याखर्कका २१ वर्षीय चन्द्रबहादुर परियारले बलात्कार गरेको उनको आफन्तले दिएको उजुरीमा उल्लेख छ ।
मौखिक उजुरीकै आधारमा भदौ २८ गते परियारलाई प्रहरीले गिरफ्तार गरेको छ । पीडित युवतीको स्वास्थ्य परीक्षण भदौ २८ गते जिल्ला अस्पतालमा गरिएको छ ।