INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१० वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले सप्तरी बेलिपेचना गाउँपालिका–२ घर भइ हाल चाँगुनारायण नगरपालिका–२ दुवाकोट तल्लो हाईट बस्ने ६३ वर्षीय सुरेशकुमार पोखेरललाई भदौ २७ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले भदौ २७ गते यौन दुर्व्यवहार गरेको भनी पीडितका आफन्तले सोही दिन महानगरीय प्रहरी वृत्त ठिमीमा उजुरी दिएका थिए ।

पीडित पक्षको उजुरीका आाधारमा आरोपितलाई गिरफ्तार गरी अनुसनधान सुरू गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका डिएसपी रेवतीरमण पोखेरले जानकारी दिए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण भदै २८ गते त्रीविवि शिक्षण अस्पताल काठमाडौँमा गरिएको प्रहरीले जनाएको छ ।

अन्य

भिडियो