INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कारपछि हत्या गरेको ठहर गर्दै सर्वस्वसहित जन्मकैदको फैसला

दाङ जिल्ला राप्ती गाउँपालिका–१ की २८ वर्षीया मुस्कान नेपाली परियारलाई बलात्कारपछि हत्या गरेको ठहर गर्दै जिल्ला अदालतले भदौ २८ गते दाङ जिल्ला गढवा गाउँपालिका–१ का ३४ वर्षीय विक्रम रानालाई सर्वस्वसहित जन्मकैद र दाङ जिल्ला राप्ती गाउँपालिका–१ का ३० वर्षीय दिवश शाहीलाई १ वर्ष ६ महिना कैदको फैसला गरेको जिल्ला अदालतले जनाएको छ ।

न्ययाधीश रामचन्द्र पौडेलको इजलासले आरोपितको बयान र प्रमाणका आधारमा विक्रम रानालाई जन्मकैद र दिवश शाहिलाई १ वर्ष ६ महिना कैद फैससा र पीडितका परिवारलाई नेपाल सरकारबाट क्षतिपूर्ति स्वरूप २ लाख रुपियाँ उपलब्ध गराउन फैसला गरेको जिल्ला अदालतका श्रेस्तेदार मोहन बेल्वासेले बताए  ।

पीडित महिलालाई राना र शाहीले अर्घाखाँची जिल्लाको सतगङ्गा नपा–८ स्थित जामुने सामुदायिक वनमा ०७४ फागुन २० गते बलात्कारपछि हत्या गरेको भनी पीडित पक्षले फागुन २१ गते इलाका प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

उजुरीका आधारमा प्रहरीले आरोपितद्वयलाई चैत २ गते गिरफ्तार गरेको थियो । शवको पोष्टमार्टम ०७४ चैत २२ गते लमही अस्पताल दाङमा गरिएको थियो । जिल्ला अदालतले चैत २६ गते पुर्पक्षमा राख्ने आदेश दिएको थियो ।

अन्य

भिडियो