INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार गरेको आरोपमा पीडितद्वारा प्रतिकार, आरोपितको मृत्यु 

१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पीडित बालिकाले प्रतिकार स्वरूप रड प्रहार गर्दा ६५ वर्षीय हजुरबुबाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पीडित बालिकालाई आरोपितले भदौ २८ गते बिहान जङ्गलमा घाँस काट्न जाने बेलामा यौन दुर्व्यवहार गरेपछि फुत्केकी थिइन् । त्यसपछि घरमा गई फलामको रड ल्याएर रड प्रहार गर्दा आरोपितको मृत्यु भएको पीडित बालिकालाई उद्घृत गर्दै प्रहरीले जनाएको छ ।

आरोपितलाई रड प्रहार गरेलगत्तै पीडित बालिका रामेछाप प्रहरी समक्ष आत्मसमर्पण गर्न आएको प्रहरीले जनाएको छ ।

घटनाको सुक्ष्म अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी अमरेन्द्रबहादुर सिंहले बताए । शवको पोष्टमार्टम जिल्ला अस्पतालमा गरिएको प्रहरीले जनाएको छ ।

अन्य

भिडियो