खार्पुनाथ गाउँपालिका–५ दुर्पा गाउँस्थित हिल्सा नौधारा आधारभूत विद्यालयमा अध्यनरत विद्यार्थीले दिवा खाजा भत्ता र छात्रावृत्ति नपाएको भन्दै १० दिनदेखि विद्यालयमा तालाबन्दी गरेका छन् ।
१० जना विद्यार्थीको दिवा खाजा भत्ता र छात्रावृत्ति नपाएपछि विद्यार्थीले भदौ १९ गतेदेखि विद्यालयमा तालाबन्दी गर्दा उक्त विद्यालयमा अध्यनरत बालबालिकाको पठनपाठन प्रभावित भएको सोही विद्यालयमा अध्ययनरत रस्मिता ऐडीले गुनासो गरिन् । ऐडीका अनुसार विद्यालयमा तालाबन्दी गरेपछि उक्त विद्यालयमा अध्ययनरत ८५ जना विद्यार्थीको पठनपाठन प्रभावित भएको छ ।
दिवा खाजा भत्ता र छात्रावृत्ति ०७३/७४ मा रहेको सोही विद्यालका प्रद्यानाध्यापक पूर्णबहादुर रोकायाले बताए । प्रअ रोकायाका अनुसार सो विद्यालयका १० जना विद्यार्थी यस विद्यालयबाट स्थानान्तरण भई सकेकाले सो छात्रावृत्ति नदिएको बताए । उनले भने आफूले ती विद्यार्थीलाई सो रकम दिनुपर्छ भनेपनि विद्यालय व्यवस्थापन समितिले दिन नमानेपछि यस्तो विवाद भएको बताए ।
विद्यालयमा विवाद भएपछि छात्रावृत्ति नपाएका विद्यार्थीले भदौ २५ गते जिल्ला शिक्षा विकास समन्वय इकाईमा उजुरी दिएका थिए । १० जना विद्यार्थीले सो छात्रावृत्ति पहिलेकै विद्यालयबाट पाउनु पर्ने हुन्छ जिल्ला शिक्षा विकास समन्वय इकाई कार्यालयका प्रमुख वर्ख फडेराले बताए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चत्तुरसिंह रोकायाले भने–‘स्थानान्तरण भएका विद्यार्थीले नपाउने हुन् की भनेर निर्णय गरेका थियौँ ।’