INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार गरेको कसुरमा ३ वर्ष ६ महिना कैदको फैसला

१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालतले भदौ २६ गते तिरहुत गाउँपालिका–२ का १८ वर्षीय रामचन्द्र मुखियालाई ३ वर्ष ६ महिना कैद सजायको फैसला सुनाएको छ ।

न्यायाधीश कमलप्रसाद ज्ञवालीको आदेशमा पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा रहेका आरोपितलाई कैद सजायको फैसला गरेको अदालतले जनाएको छ ।

बलात्कारको आरोपमा जिल्ला न्यायाधीश ज्ञवालीकै आदेशमा आरोपित गत वैशाख ५ गतेदेखि पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा थिए ।

अदालतले बलात्कार मुद्दालाई जबरजस्ती करणी उद्योगमा परिणत गर्दै पीडित १४ वर्ष देखिएकाले आरोपितलाई ३ वर्ष ६ महिनाको कैद सजाय गरेको स्रेस्तेदार दिलकुमार बर्देवाले बताए ।

पीडित बालिकालाई आरोपितले चैत ५ गते बलात्कार पक्षले इलाका प्रहरी कार्यालय कञ्चनरूपमा ०७४ चैत ५ गते उजुरी दिएकी थिइन् । पीडित पक्षको उजुरी ०७४ चैत ६ गते दर्ता गरेको इलाका प्रहरी कार्यालयले आरोपितलाई ०७४ चैत ९ गते गिरफ्तार गरेको थियो । पीडितको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा चैत ६ गते स्वास्थ्य परिक्षण भयो ।

अन्य

भिडियो