INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले सुनकोशी गाउँपालिका-३ कालिकाका २८ वर्षीय मिठ्ठे भनिने हर्कबहादुर तामाङलाई भदौ २६ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले भदौ ५ गते यौन दुर्व्यवहार गरेको पीडित पक्षको आरोप छ । पीडित पक्षले भदौ ८ गते जिल्ला प्रहरी कार्यालयमा दुर्व्यवहारविरूद्ध उजुरी दिएको थियो ।

आरोपित लुकिछिपी बसेको अवस्थामा गिरफ्तार गरी अनुसन्धानको क्रममा जिल्ला प्रहरी कार्यालयले गिरफ्तार गरी हिरासतमा राखेको प्रहरीले जनाएको छ ।

अन्य

भिडियो