INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार गरेको कसुरमा १० वर्ष कैदको फैसला

१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले ५२ वर्षीय नातेदारलाई भदौ २६ गते १० वर्षकैदको सजाय सुनाएको छ ।

न्यायधीश मनोज केसीको इजलासले कसुर ठहर गर्दै कैदसँगै १ लाख रुपियाँ पीडितलाई उपलब्ध गराउन आदेश दिएको अदालतका सूचना अधिकारी मोहन जवेगूले बताए ।

पीडित बालिकालाई आरोपितले ०७४ चैत १९ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्घ ०७५ असार ५ गते प्रहरीमा उजुरी दिएको थियो । पीडित बालिकाको स्वास्थ्य परीक्षण सोही दिन जिल्ला अस्पतालमा गरिएको थियो ।

उजुरी लगत्तै गिरफ्तारीमा परेका आरोपित अदालतको ०७५ असार २१ गतेको आदेशमा पुर्पक्षका लागि थुनामा थिए ।

अन्य

भिडियो