INSEC Online

📅 २०८३ जेष्ठ २१

विद्यार्थीलाई शारीरिक दण्ड दिएको आरोपमा शिक्षक निलम्बन

सुनवल नगरपालिकास्थित महाकवि देवकोटा मावि कक्षा १० मा अध्यनरत १६ वर्षीय प्रदिप कहारलाई शारीरिक दण्ड दिएको आरोपमा भदौ २५ गते विद्यालय व्यवस्थापन समितिले ४८ वर्षीय शिक्षक कौशलराज तिवारी र प्रधानाध्यापक ४२ वर्षीय बाबुराम पाण्डेलाई १० दिनका लागि निलम्बन गरेको छ ।

पीडित कहारले भदौ १९ गते राम्रो पढाइ नभएको भनेपछि कक्षा कोठामा शिक्षक तिवारीले कुटपिट गरेको र प्रअ पाण्डेलेसमेत कुटपिट गरेको पीडितका साथी धिरज पाण्डेले बताए ।

पीडित पक्षले घटनाका बारेमा सुनवल नगरपालिकामा भदौ २३ गते उजुरी दिएको थियो । नगरपालिकाका कार्यकारी अधिकृत रामलाल श्रेष्ठले कारवाहीका लागि विद्यालय व्यवस्थापन समितिलाई जिम्मा दिइएको बताए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानहरी अर्यालले अनुसन्धानलाई सहज बनाउन १० दिनका लागि निलम्बन गरिएको बताए ।

अन्य

भिडियो