INSEC Online

📅 २०८३ जेष्ठ २१

अज्ञात व्यक्तिद्वारा कर्मचारीमाथि छुरा प्रहार

रामेछाप जिल्ला समन्वय समितिका अधिकृत नारायण सुवेदीमाथि भदौ ६ गते छुरा प्रहार भएको छ । अज्ञात ब्यक्तिले राति करिब सवा ९ बजे मन्थली नगरपालिका-१ स्थित आफ्नै घरमा सुतिरहेका सुवेदीमाथि छुरा प्रहार गरेको हो ।

छुरा प्रहारबाट गम्भीर घाइते भएका सुवेदीको काभ्रेको धुलिखेल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । छुरा प्रहारबाट सुवेदीको पेटमा गहिरो चोट लागेको छ ।

अनुहारमा नकाव लगाएर आएका ब्यक्तिले छुरा प्रहार गरेको घाइते सुवेदीले बताएकाले घट्नामा संलग्नको खोजि भइरहेको प्रहरीले जनाएको छ ।

अन्य

भिडियो