इलाम बजारस्थित नारायणस्थान नजिक रहेको एउटा घरमा भदौ २४ गते बिहान भेट्टिएको तीन वटा बम नेपाली सेनाको बम डिष्पोजल टोलीले निष्क्रिय पारेको छ ।
पहिला माओवादी केन्द्रको जिल्ला कार्यालय रहेको भवनको नजिकमा रहेको एक घरमा प्रहरीले गस्तीका क्रममा बम रहेको फेला पारेको थियो ।
बम भेट्टिएपछि नेपाल प्रहरीले डिष्पोजका लागि नेपाली सेनालाई खबर गरेको थियो । बेवारिसे अवस्थामा रहेका बममध्ये दुई वटा सकेट र एउटा सुतली बम रहेको र डिष्पोजको अवस्थामा तीनवटै बम पड्किएको नेपाली सेना इलामका गणपति असिमद्धीप गुरूङले बताए । बम कसले र किन राखेको भन्ने प्रहरीले अनुसन्धान गरिरहेको बताइएको छ ।